प्रभु बैंक र हाइग्राउण्ड एडभेन्चर्स नेपालबीच सेवा सम्झौता

लोकपथ
39
Shares

काठमाडौं । प्रभु बैैंक लिमिटेड र पोखरास्थित हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिबीच छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंक र हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख मार्केटिङ अधिकारी मञ्जयराज पाण्डे र हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिका तर्फबाट प्रमुख सञ्चालन अधिकारी दिनेश मर्हजनले हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त संस्था बीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिद्वारा सञ्चालित सम्पूर्ण सेवा जस्तै (जिपलाइनीङ, बन्जि जम्पिङ, माउण्टेन बाइकिङ, क्वाड बाइकिङ) इत्यादि सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने भएका छन् ।

सम्झौता अन्तर्गत हाइग्राउण्डमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, चेक, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्गलगायतका च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा छुट पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?