राष्ट्र बैंकद्धारा दुई अर्ब संस्थागत निक्षेप लगानी आव्हान

लोकपथ
52
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब रुपैयाँ बराबरको संस्थागत निक्षेप लगानीको लागि आव्हान गरेको छ ।

राष्ट्र बैंकका अनुसार पेन्सन तथा उपदान कोषमा रहेको रकम लगानी गर्नको लागि बाणिज्य बैंक, विकास बैंक र फाईनान्ससँग प्रस्ताव आव्हान गरिएको हो । रकम लगानीको अवधि तीन सय ६६ दिन अर्थात् २०७९ असोज दुई गतेदेखि २०८० असोज एक गतेसम्म तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार यसरी राखिने कुल रकम मध्येमा बाणिज्य बैंकहरुको लागि एक अर्ब ६० करोड, विकास बैंकहरुको लागि ३० करोड र फाईनान्स कम्पनीहरुको लागि १० करोड रुपैयाँ छुट्याईएको छ । रकम लगानी गर्न चाहाने ईच्छुक तथा फाईनान्स कम्पनीहरुले यही भदौ २२ गतेसम्ममा नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको ब्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने राष्ट्र बैंकको भनाई छ ।

प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने लगायतका सर्तहरु तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?