प्रधानसेनापति शर्मा र भारतीय स्थल सेनाध्यक्ष पाण्डेबीच भेटवार्ता

लोकपथ
0
Shares

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा भेटवार्ता भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताएका छन् ।

भेटवार्तामा दुई देशका सेना प्रमुखबीच द्विपक्षीय हित, सैन्य सहयोग लगायतका विषयमा छलफल भएको जनाइएको छ । नेपालको पाँचदिने भ्रमणको सिलसिलामा भारतीय स्थल सेनाध्यक्ष पाण्डे आइतबार काठमाडौं आइपुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?