प्राज्ञिकद्वारा गोरखा सरस्वती माविमा शैक्षिक सामग्री वितरण

लोकपथ
0
Shares

गोरखा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गोरखा आहालेस्थित सरस्वती माविमा शैक्षिक सामाग्री वितरण गरेको छ ।

विद्यार्थी परिषद्ले ११ वटा हिमाली जिल्लाहरूमा पढ्ने विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गर्ने उदेश्यका साथ सिन्धुपाल्चोक जिल्लाबाट सुरू भएको वितरण अभियानले गोरखा जिल्लामा पनि त्यस क्षेत्रका विद्यालय सरस्वती माविमा अध्ययनरत ११२ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको विद्यार्थी परिषद्का सहसंगठन सचिव रमेश कण्डेलले जानकारी दिए ।

वितरण कार्यक्रममा गोरखा नगरपालिकाका नगर शिक्षा प्रमुख चन्द्र बहादुर खड्का, परिषद्का राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद कट्टेल एवम् पदाधिकारीहरू विद्यालयका प्रचार्य पुरूषत्तम भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

परिषद्ले यसअघि पनि विभिन्न स्थानमा शैक्षिक सामग्री हस्तान्तरण गरिहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?