यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य

लोकपथ
156
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार सबैभन्दा सस्तो तरकारीमा भन्टा लाम्चो रहेको जनाएको छ । समितिका अनुसार भन्टा लाम्चो प्रतिकेजीको १२.४० पैसा रहेको छ । साथै स्कुस १७.५० पैसा रहेको छ ।

यस्तैगरी सबैभन्दा बढी महंगो कुरिलो केजीको ५५० रुपैयाँ रहेको छ । समितिका अनुसार अदुवा केजीको ९६.६७ रुपैयाँ अनार, ३३३.३३, अमला ११०.००, आलु रातो केजीको ६१ रुपैयाँ भारतीय आलु ३७ रुपैयाँ रहेको छ । यस्तै, मुडेको आलु भने ५४.६७ रुपैयाँ काउली स्थानिय ७५ रुपैयाँ रहेको छ ।

भने, लोकल काक्रो ७५ रुपैयाँ कागती २४५ रुपैयाँ रहेको जनाएको छ । खुर्सानी हरियो (अकबरे) १८३.३३ रुपैयाँ केजीको पर्दछ । गुन्दुक २७५ रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ५७.५० रुपैयाँ केजीको रहेको छ । यस्तै, गोलभेँडा सानो (टनेल) को ४५.२० रुपैयाँ रहेको छ ।

घिरौँला २५ रुपैयाँ प्रतिकेजी रहेको छ । चिचिण्डो २३ रुपैयाँ, चुकुन्दर ७६.६७ रुपैयाँ, च्याउ ९कन्य० १९० रुपैयाँ रहेको छ । यस्तै, च्याउ(डल्ले) ३२५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?