भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथीको दर्जा प्रदान गरिँदै

लोकपथ
0
Shares

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेलाई आज मानार्थ महारथीको दर्जा प्रदान गरिँदैछ । राष्ट्रपति भवन शीतल निवासमा जनरल पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछिन् ।

नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पाण्डेलाई राष्ट्रपति भण्डारीको उपस्थितिमा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्न लागिएको हो ।

पाँचदिने नेपाल भ्रमणका लागि सेनाध्यक्ष पाण्डे आइतवार नेपाल आएका थिए । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?