गठबन्धन कार्यदलको बैठक बस्दै, सिट बाँडफाँटबारे छलफल

लोकपथ
42
Shares

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

आजको बैठकमा पनि आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा सिट बाँडफाँटका बारेमा छलफल हुनेछ । मंगलवारसम्ममा सिट बाँडफाँटको सबै पक्षकाे टुंगो लाग्ने गठबन्धनका नेताहरुले बताइरहेका छन् ।

सिट बाँडफाँट गठबन्धन भित्रका सबै दललाई न्यायोचित हुने गरेर गर्ने नेताहरुले दाबी गर्दै आएका छन् । यसअघि आइतबार पनि सत्ता गठबन्धन र कार्यदलको बैठक बसेको थियो । तर, बैठकमा ठोस सहमतिमा हुन सकेन ।

सत्तारुढ गठबन्धन दलभित्र प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रमा कहाँ कुन दलबाट उम्मेदवारी दिने भन्नेबारे छलफल भइरहेका छन् तर, दलहरूकाे अडानले लामो प्रयास गरिएपनि ठोस निष्कर्ष हुन सकेको छैन ।

आफूले दाबी गरेकोभन्दा सिट संख्या घट्नुपर्ने भएकोले भागबन्डा मिलिसकेको छैन । दुई दिनभित्रमा सिट बाँडफाँट टुंगिने गरी कार्यदलमा सहमति गरेर प्रतिवेदन शीर्ष नेतालाई पेश गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?