ओम मोटोकर्प प्रा.लि. मार्फत नेपालमा विक्रि वितरण हुँदै आएको इटालियन व्राण्ड टारोले १९ भाद २०७९ बाट १५ कार्तिक २०७९ सम्म लागू हुने गरी आफ्नो “४ को चमत्कार, वाइक पनि वचत पनि” अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत कम्पनीले आफ्नो ग्राहकहरुलाई उचित छुट दिई, छुट मार्फत वचत पनि हुने उद्देश्यले आफ्नो वाइकहरुमा रु.३०,०००।– सम्म नगद छुट तथा स्कुटरको खरीदमा रु.१५,०००।– छुटको अफर अघि सारेका छन् ।
कम्पनीले वम्पर अफरमा गोला प्रथाद्धारा १ जना भाग्यशाली खरीदकर्ताले ५ वर्षको कर छुटको अफर पनि ल्याएको छ । ग्राहकहरुले कम्पनीको शोरुममा गई Test Ride तथा Pose and Post Campaign अन्तर्गत फोटो खिचीLike & Share गर्दा हातखाली नहुने उपहार समेत जित्न सक्नेछन् । हाल ऊक्त व्राण्डको Imola 150 स्कुटर र GP2 200Cc ,GP 1 250 Cc र GP1 400Cc का वाइकहरु नेपाली बजारमा उपलब्ध रहेका छन् ।
एस.जि ग्रुप अन्तर्गतका यस प्रा.लि.ले अबको दिन यी ब्राण्डका वाइक तथा स्कुटर आफ्नो मोटरहेडको शोरुमहरुबाट पनि उपलब्ध हुने व्यवस्था गरेपश्चात आफ्नो उक्त ब्राण्डमा ग्राहकहरुको पहुँच यसइटालियन व्राण्डमा सहज रुपले हुने विश्वास कम्पनीको रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया