केन्ट आरओले ल्यायो दशैं–तिहार लक्षित ग्राहक योजना

लोकपथ
52
Shares

काठमाडौं । ईओएल प्रालिले नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक चयन गरेको छ । सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले यसपालीको दशैं, तिहार र छठलाई लक्षित गर्दै ग्राहक योजना ल्याएको छ ।

भारत र नेपालमा पानी शुद्धिकरणका साधनका रुपमा बजारमा ग्राहकले रुचाएको केन्ट आरओले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै “केन्टआर.ओ. दशैं तिहार, हरेक खरिदमा उपहार” भन्ने नारासहित अफर ल्याएको हो ।

अफर अन्तर्गत केन्टको कुनै पनि आर.ओ.मोडलको खरिदमा सिजी ब्रान्डको इलेक्ट्रिक केट्टेल उपहार स्वरूप प्रदान गरिने बताइएको छ । यो ग्राहक योजना भाद्र १३ गतेदेखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि लागू गरिएको ईओएल प्रालिले जनाएको छ ।

आज सफा पिउने पानी आवश्यकता बनेको बताउँदै प्रत्येक वर्ष लाखौं नेपाली पानीजन्य रोगहरूले संक्रमित हुने र हजारौंले आफ्नो ज्यान गुमाउने गरेको पनि केन्टले उल्लेख गरेको छ । पिउने पानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुन सक्छ । साथै, घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनहरू मार्फत आउने र अस्वस्थ ट्याङ्कीमा भण्डारण हुने गर्दछ ।

पिउनु भन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्वपूर्ण भएको र सोहीकारण आर.ओ.बाट प्रशोधित भएको पानी स्वस्थ जीवन र कल्याणको लागि महत्वपूर्ण आवश्यकता भएको बताइएको छ ।

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन् । केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि बजारमा उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?