नुवाकोट-२ मा एमालेबाट प्रतिनिधिसभाका लागि ५ जनाको नाम सिफारिस

लोकपथ
273
Shares

नुवाकोट । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ ५ जनाकाे नाम सिफारिस भएकाे छ ।

आइतवार क्षेत्र नम्बर २ समन्वय कमिटीले प्रतिनिधिसभाका लागि ५ जनाकाे नाम सिफारिस गरेकाे हाे ।

जसमा हाल सांसद समेत रहेका नारायणप्रसाद खतिवडा, प्रदेश सांसद केशवराज पाण्डे तथा नेताहरु विष्णु लोहनी, रामशरण प्याकुरेल र माधवप्रसाद तिवारीकाे नाम सिफारिस गरेको हो ।

यसैगरी समानुपातिकतर्फ भने पूर्व मन्त्री समेत रहेका महेन्द्रबहादुर पाण्डेसहित नेताहरु अजितमान तामाङ, श्रीमाया लामा र दुर्गा वस्ती गरेर ४ जना सिफारिसमा परेका छन् ।

सो क्षेत्रमा अघिल्लो निर्वाचनमा तत्कालिन वाम गठबन्धनका उम्मेद्वार नारायणप्रसाद खतिवडाले काङ्ग्रेसका उम्मेद्वार अर्जुन नरसिंह केसीलाई पराजित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?