रौतहटमा करेन्ट लागेर एक बालिकाको मृत्यु

लोकपथ
0
Shares

रौतहट । रौतहटमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । गरुडा नगरपालिका २ गेडीगुठीमा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

आइतबार करिब १ बजेको समयमा नुहाउने क्रममा धारामा लगाएको मोटरबाट करेन्ट लागेर स्थानीय दिनेश सहनीकी अन्दाजी १४ वर्षीय छोरी अम्बिका कुमारी सहनीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?