२० मङ्सिर २०८०, बुधबार

पूर्वपत्नी रेखाको फिल्म हेर्न शिल्पा लिएर कुमारी हल पुगे छबि

२०७४,आश्विन,३१,मंगलवार ०७:१९

0
Shares

काठमाडौं –निर्माता छबीराज ओझाकी पुर्व पत्नी हुन् अभिनेत्री रेखा थापा । छबिलाई छोडेर उनी अहिले एक्लै रहँदै आएकी छन् । रेखाले छोडेपछि छबि अर्की अभिनेत्री शिल्पासँग नजिक छन् । शिल्पा र छबीको बिबाह प्रसंगले बेलाबेलामा मिडियामा राम्रो स्थान समेत पाउने गरेको छ ।यी नै छबि अभिनेत्री शिल्पा लिएर पुर्व पत्नी रेखाको चलचित्र हेर्न पुगेका छन् । सोमबार कुमारी चलचित्र भवन कमलपोखरीमा आयोजित ‘रुद्रप्रिया’को प्रिमिएर छबि शिल्पा सहित पुगेका हुन् ।निर्धारित समयमै पुगेका छबि र शिल्पाले कार्यक्रममा रेखासँग समेत तस्बिर समेत खिचाएका छन् । रेखा अलग्गिए पछि छबिले आफ्नो प्रोडक्सनमा शिल्पा भित्र्याएका हुन् ।धेरैले शिल्पालाई अर्की रेखा पनि भन्ने गरेका छन् । कार्यक्रममा रेखासँग तस्बिर खिचाउन शिल्पाले केही संकोच समेत मानेकी थिइन् । छबि भने घरी रेखासँग र घरी शिल्पासँग देखिन्थे । कार्यक्रममा छबि यताउती लाग्दा शिल्पा एक्लै देखिन्थिन् ।२ कात्तिक लक्ष्मीपूजाको दिनबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रको प्रिमिएरमा अभिनेता आर्यन सिग्देले भने केही ढिलो पुगेका देखिए । कार्यक्रममा उनको उपस्थितीमा दर्शकको खासै चाम देखिएन ।प्रिमिएरमा चलचित्र युनिट रेखा आर्यनको अलवा राजन इशानसँगै निर्देशक सुदिप भुपाल सिंह र कार्यकारी निर्माता रमेश एमके पौडेलको पनि उपस्थिती थियो ।चलचित्र हेर्न भने दयाहाङ राई, केकी अधिकारी, रिमा विश्वकर्मा, नीता ढुंगाना, आमेष भण्डारी, शोभित बस्नेत, अनुभव रेग्मी, खुश्वु खड्का, शिल्पा पोखरेल, छविराज ओझा, हेमराज विसी, असोक शर्मा, ज्ञानेन्द्र देउजा, नवल नेपाल, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला समेत कुमारी चलचित्र भवन पुगेका थिए ।प्रिमियरमा ‘रुद्रप्रिया’ उत्कृष्ट भन्ने देखि आफुलाई मन परेन भन्ने सम्मका दर्शक भेटिए । ‘रुद्रप्रिया’ सुदीप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् ।राजराज सिवाकोटी सहित सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत रहेको चलचित्र रेखा फिल्मसको ब्यानरमा निर्माण भएको हो । रेखा थापा प्रस्तुकर्ता रहेको चलचित्रलाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् । चलचित्रले प्रेम र रोमान्सको बिषय बोकेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार ०७:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विगत १५ वर्ष भन्दा अघिदेखि नियमित रुपमा आयोजना हुँदै आएको डि सिने अवार्डको १५औं संस्करणका लागि चलचित्र दर्ता

काठमाडौं । बलिउड सुपरस्टार रणवीर कपुर यतिबेला आफ्नो फिल्म एनिमललाई लिएर चर्चामा छन् । सन्दीप रेड्डी वाङ्गा निर्देशित यो फिल्म

काठमाडौं । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मायावी’को छायाङ्कन सकिएको छ । मुस्ताङ र पोखराका विभिन्न स्थानमा

काठमाडौं । चलचित्र भवनमा नेपाली चलचित्र प्रदर्शन भएबापत निर्माता तथा प्रदर्शकले बराबरी शेयर पाउने भएका छन् । यही मङ्सिर ७

ताजा समाचार