लोकपथ टप फिप्टिन : क्यासिनोतर्फ बालेनको नजरदेखि सडकमा जाने प्रचण्डको उद्घोषसम्म (भिडियोसहित)

लोकपथ
0
Shares

१ . निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आइतवार पनि दिए महाअभियोग सिफारिस समितिसमक्ष बयान, रन्जन कोइरालाको फैसलाबारे मागे क्षमा, अर्को बयान भदौ २५ गते हुने ।

२.नागरिक मैत्री सेवा प्रवाह गर्न कर्मचारीलाई प्रधानमन्त्री शेर बहादुर देउवाको निर्देशन, संघीय निजामति सेवा ऐन रुपान्तरित बनाएर ल्याउनेमा सरकार गम्भीर रहेको जानकारी ।

३. सात क्यासिनोलाई काठमाडौं महानगरपालिकाले दियो सात दिने अल्टिमेटम, ७ दिनभित्र कर नतिरे कारबाही गर्ने चेतावनी ।

४. राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा सांसद पद त्यागेको घोषणा, सरकारले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने प्रस्ताव ल्याएपछि आफू लज्जित भएको प्रतिक्रिया ।

५. नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दाबी, यथार्थवादी धरातलमा टेकेर मात्रै मुलुकमा समाजवाद ल्याउन सकिने कुरालाई कम्युनिष्टहरुले भुल्न नहुने जिकिर ।

६. वर्तमान शासन प्रणाली र निर्वाचन प्रणाली बदल्न निर्वाचन लगत्तै सडकमा जाने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको घोषणा, अहिलेको प्रणालीले भ्रष्टाचारलाई प्रोत्साहन गर्ने गरेको आरोप ।

७. चोलेन्द्र शमसेर जबराको बयान आफ्नो पक्षमा नभएपछि गठबन्धनले रोक्ने प्रयास गरेको नेकपा एमालेका महासचिव शंकर पोखरेलको आरोप, पाँचदलीय गठबन्धन कसरी जन्मिएको र परमादेशको रहस्य बिस्तारै खुल्ने दाबी ।

८. बाराको जितपुरसिमरामा प्रहरी र डाँका समूहबीच दोहोरो भिडन्त, डाँकाले एक राउन्ड र प्रहरीद्वारा तीन राउन्ड गोली प्रहार, २ जना डाँका पक्राउ, घटनाको सम्बन्धमा अनुसन्धान हुँदै ।

९. उत्तरपुस्तिकामा नाम, रोलनम्बर र सम्पर्क नम्बर राखेर परीक्षकलाई प्रभावित पार्न खोज्ने २१ जना परीक्षार्थीलाई लोकसेवा आयोगले गर्यो कारबाही, २० जनाले १ वर्ष र १ जनाले दुइ वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने ।

१०. देशभर डेंगु संक्रमणको जोखिम उच्च, ६६ जिल्लामा फैलियो डेंगु, हालसम्म देशभर २ हजार १ सय ७९ जनामा संक्रमण पुष्टि ।

११. साताको पहिलो कारोबार दिन सेयर बजारमा एकल अंकको वृद्धि, नेप्से परिसूचक ६ दशमलव ६८ अंकले बढ्दा एक अर्ब ७ करोडभन्दा बढी रुपैयाँको कारोबार ।

१२. अमेरिकाको उत्तरपूर्वी मिसिसिपीमा चोरेको विमान आकाशमा उडाएर दुर्घटना गराउने धम्की दिने पाइलट पक्राउ, घटनाबारे थप अनुसन्धान हुँदै ।

१३. कुल ग्रार्हस्थ उत्पादनमा बेलायतलाई उछिन्दै भारत विश्वको पाँचौँ नम्बरमा उक्लियो, भातरको अर्थव्यवस्था ८५४.७ अर्ब डलरको भएको आईएफएफको तथ्यांक ।

१४. नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा बागमती प्रदेशले गर्यो क्रिकेट टोलीको घोषणा, सुवास खकुरेललाई उपकप्तानको जिम्मेवारी ।

१५. प्रिमियर लिग अन्तर्गतको फुटबल खेलमा आज दुई ठूला क्लब म्यान्चेस्टर यूनाइटेड र आर्सनल भिड्दै, युनाइटेडको घरेलु मैदानमा हुने खेलमा रोनाल्डो बेन्चमा रहने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?