कञ्चनपुरमा चट्याङ लागेर श्रीमान–श्रीमतीको मृत्यु

लोकपथ
0
Shares

कञ्चनपुर । कञ्चनपुरमा चट्याङ लागेर आइतबार दिउँसो श्रीमान–श्रीमतीको ज्यान गएको छ । ज्यान गुमाउनेमा कृष्णपुर नगरपालिका–७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उनकी श्रीमती मन्तरा रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उनीहरूको अस्पताल ल्याउँदै गर्दा ज्यान गएको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?