नर्भिकले तीन दिन ‘फ्रि केमीकल पिल’ सञ्चालन गर्ने

लोकपथ
0
Shares

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अनुहारको छालामा देखिने विभिन्न समस्याहरु प्रताडितहरुलाई लक्षित गर्दै ‘फ्री केमीकल पिल’ अभियान सञ्चालन गर्ने भएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत अस्पतालको कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले फ्री केमीकल पीलको सेवा सञ्चालन गर्न लागेको हो ।

‘फ्री केमीकल पील’ कार्यक्रम सेप्टेम्बर ७, १४ र २१ तारिखका दिन सञ्चालन हुने डर्माटोलोजिस्ट डा. सिरपा बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार अनुहारमा डण्डीफोर, उमेरका कारण देखिने दागहरु, फूस्रो छाला, अनुहारको चाउरीपना, तिलकोठी, पोतो र फूटेको वा खस्रो छालाको समस्या हुनेहरुले निःशुल्क केमीकल पिलमा सहभागी भएर लाभ उठाउन सक्नेछन् । यो अभियान अन्तर्गत अस्पतालले छालाको विशेषज्ञ सेवा तोकिएको दिन निःशुल्क गर्नेछ । तर, औषधि भने निःशुल्क हुने छैन ।

नर्भिकले हालै आफ्नो कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरमा नेपालमै पहिलोपटक विश्वविख्यात अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मसिन (लेजर मसिन) भित्र्याएको थियो । यो एउटै मसिनको सहयोगबाट तीनवटा विशिष्ट उपचारको काम गर्न सकिन्छ । यो मसिनबाट छालालाई भित्रैदेखि सफा गर्ने, मोस्चराइजिङ र नरम बनाउने तथा छालाका मृत कोशिकाहरुलाई राम्रोसँग बाहिर निकाल्ने काम गर्न सकिन्छ ।

अल्मा लेजरको आफ्नै प्रि ट्रिटमेन्ट सोल्युसन पनि रहेको छ, जसले स्कीनलाई नरम, मुलायम र हाइड्रेट गराउँछ । यो फेसियल स्कीनका लागि अहिलेसम्मकै उत्कृष्ट र सबै विशेषता एउटैमा सुसज्जित भएको मसिन हो । यो मसिनको सहयोगबाट गुणस्तरीय सेवा लिनेको संख्या पछिल्ला समय बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?