हिमालयन बैंक एक्सीलेन्स इन पस एक्विरिङ बिजनेस २०२२ अवार्डबाट सम्मानित

लोकपथ
0
Shares

काठमाडौं । हिमालयन बैंक एक्सीलेन्स इन पस एक्विरिङ बिजनेस २०२२ अवार्डबाट सम्मानित भएको छ । विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रेस, जेसिबी, मास्टर कार्ड, युनियन पे तथा भिसा स्वीकार गर्ने एकमात्र बैंक हिमालयन बैंकले एक्सीलेन्स इन पस एक्विरिङ बिजनेस २०२२ अवार्ड प्राप्त गरेको हो ।

भिसाद्वारा आयोजित एक समारोहका बीच प्रमुख अतिथि डिपुटी गर्भनर डा. निलम ढुंगानाले बैंकलाई सो अवार्ड प्रदान गरेकी हुन । बैंकले विगतका वर्षहरु देखिनै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ । हिमालयन बैंक नेपालको एक मात्र बैंक हो जसले विश्वका विभिन्न प्रसिद्ध कार्डहरु आफ्नो नेटवर्कमा स्विकार गरिसकेको छ ।

विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो एटिएम, पस तथा इ–कर्मस गेट वे मार्फत स्विकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?