ट्राफिक प्रहरीको स्कुल बस चेकिङ : बिहानै मापसे गर्ने ५ जना चालक कारबाहीमा

लोकपथ
78
Shares

काठमाडौं । स्कुल तथा कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आज मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउँने पाँच जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

बिहान साढे ५ बजेदेखी साढे ८ बजेसम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारबाहीमा परेका हुन । मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा काठमाडौँको कलंकी स्थित एल.आर. आई स्कुलको बाग्मती प्रदेश ०१–००३ क ९१ ५७ नम्बरको बसका चालक राज कुमार पण्डित, धोविघाटस्थित आइडल मोडेल स्कुलको बा ५ क ९७ ९८ नम्बरको बसका चालक राजेश थापा, आइडल मोडेलकै बा १ क ६४ १६ नम्बरको अर्को बसका चालक कृष्ण बहादुर सुनार रहेका छन् ।

त्यस्तै, तीनकुनेस्थित कौटिल्या स्कुलको प्रदेश ३–०१–०३३ च ९९७ नम्बरको बसका चालक गणेश भण्डारी र चोभारस्थित मोर्डेन ईन्डियन स्कुलको बा ३ क ४६ १६ नम्बरको बसका चालक घना दोर्जे लामालाई पनि मापसे गरि सवारी साधन चलाएको आरोपमा कारबाही गरिएको छ ।

कारबाही पश्चात उनिहरुलाई सम्बन्धित स्कुललाई जानकारी गराएर अर्को चालकमार्फत विद्यार्थीहरुलाई गन्तव्यमा पठाईएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

यस्तै, चेकिङकै क्रममा अन्य ट्राफिक नियम उल्लंघन गर्ने १२ जना चालकलाई पनि ट्राफिक प्रहरी कारबाही गरेको छ । ट्राफिक प्रहरीले साउन ३० गतेबाट सुरू गरेको स्कुल तथा कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियान अन्तरगत मापसे गरि सवारी साधन चलाँउदै गरेका ३१ जना स्कुल बसका चालकलाई हालसम्म कारबाही गरि सकेको प्रवक्ता भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?