प्रतिनिधिसभामा संसदको कार्यकालसम्बन्धी विधेयकमाथि छलफल सुरु

लोकपथ
104
Shares

काठमाडौं । प्रतिनिधिसभाको कार्यकालसम्बन्धी ल्याइएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ माथि छलफल सुरु भएको छ ।

आइतवारको प्रतिनिधिसभा दोस्रो बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको हो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ प्रस्ताव (विधेयक) राखेपछि सामान्य छलफल सुरु भएको हो ।

आइतवारको पहिलो बैठकमा मन्त्री शर्माले उक्त विधेयक पेस गरेका थिए । प्रतिनिधिसभाको कार्यकालबारे रहेको अन्योल चिर्नसहित उक्त विधेयक ल्याएको उनले दाबी गरेका थिए ।

अहिले जारी दोस्रो बैठकमा उक्त विधेयकमाथिको सामान्य छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?