कोरोना अपडेट : १ सय ४२ जनामा संक्रमण पुष्टि

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ४ सय ५० जनामा गरिएको कुल परीक्षणमध्ये आरटी पिसिआर विधिबाट १ सय १६ र एन्टीजेन विधिबाट २६ जना गरि १ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा नेपालमा कोरोनाबाट कसैले ज्यान गुमाएका छैनन् । त्यस्तै, तथ्यांकमा २४ घण्टामा देशभरमा १ लाख ७८ हजार ९ सय ६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

सो समयमा २ सय ३० जना कोरोना संक्रमण मुक्त भएका छन् भने यो सँगै देशभरमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ५ सय २८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?