कुमारी बैंक र कृष्ण पोलीक्लिनिक प्रालिबीच सम्झौता

लोकपथ
143
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र रुपन्देहीको देवदह ५ खैरेनीस्थित कृष्ण पोलीक्लिनिक प्रालिबीच छुट सम्झौता सम्पन्न भएको छ ।

सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई कृष्ण पोलीक्लिनिकबाट प्रदान गरिने सेवाहरुमा सामान्यदेखि ५० प्रतिशतसम्म छुट दिईने भएको हो ।

सम्झौतामा कुमारी बैंक लिमिटेडका ग्राहकहरुले कृष्ण पोलीक्लिनिकबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डबाट गर्दा ओपिडि (ओपीडी) शुल्कमा ५० प्रतिशत, एक्स–रेमा १० प्रतिशत, ल्याब टेस्टमा १५ प्रतिशत, प्रक्रिया तथा ड्रेसिङ शुल्कमा १० प्रतिशत र औषधी शुल्कहरूमा ३ देखि ५ प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?