भिभोले खुलायो भी २५ सिरिजका स्मार्टफोनको प्रि–बुकिङ

लोकपथ
52
Shares

काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ भी २५ सिरिजका स्मार्टफोनहरू–भी २५ फाइभजी र भी २५ ‘ई’ को प्रि–बुकिङ खुल्ला गरेको छ ।

ग्राहकहरुले सेप्टेम्बर ४ देखि ७ सम्म (भदौ १९ देखि भदौ २२ गते सम्म) भी २५ सिरिजका स्मार्टफोनको प्रि–बुकिङ गरी भी २५ फाइभजीको प्रि–बुकिङमा आकर्षक उपहार जित्न सक्ने बताइएको छ । उपहारमा भिभो नेकब्यान्ड र भी२५ ‘ई’ को प्रि–बुकिङमा एंकर यूआई नेकब्यान्ड पाउँन सक्नेछन् ।

भी सिरिज उत्कृष्ट डिजाइन, शक्तिशाली प्रदर्शन र अपग्रेडेड विशेषताहरुको साथ आउँछ । बहुप्रतिक्षित भी२५ सिरिज चाँडै नै नेपाली प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ । भी२५ र भी२५ ‘ई’ दुवैमा रंग परिर्वतन हुने ग्लास प्रविधि छ जसले गर्दा स्मार्टफोन प्रत्यक्ष सूर्यको प्रकाशमा पर्दा रङ परिवर्तन हुन्छ ।

यसका साथै, दुवै स्मार्टफोनमा फ्लोराइट एजी ग्लास प्रयोग गरिएको छ जसले फोनलाई अझ बढि आकर्षक बनाउँछ । भी२५ सिरिज हल्का तौल र स्टाइलिश डिजाइनमा उपलब्ध हुनेछ । भी २५ श्रृंखला, भिभोको भी श्रृंखलाको नयाँ स्मार्टफोन हो जसले उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्दछ र प्रयोगकर्ताहरूलाई स्पष्ट र स्थिर तस्वीरहरु खिच्न मद्दत गर्दछ ।

भी २५ फाइभजी र भी २५ ‘ई’ दुवैमा ६४एमपी ओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन) अल्ट्रा सेन्सिङ रियर क्यामेरा छ जसले कम ब्राइटनेस र हल्लिएको ब्लर फोटाहरुलाई स्पष्ट बनाउँछ । त्यस्तै भी२५ फाइभजीमा ५० एमपी अटो फोकस पोट्र्रेट फ्रन्ट क्यामेरा रहेको छ जसले उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्दछ ।

साथै, भी २५ ‘ई’ मा ३२ एमपी फ्रन्ट क्यामेरा रहेको छ जसले प्रयोगकर्ताहरूलाई फोटोग्राफी अनुभव पुनः परिभाषित गर्न उत्कृष्ट–इन–क्लास इमेजिङ प्रविधि प्रदान गर्दछ । भी २५ सिरिजको दुवै स्मार्टफोनहरूमा शक्तिशाली प्रोसेसरहरू छन्, भी २५ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ९ सय प्रोसेसर प्रयोग गरिएको छ भने भी २५ ‘ई’ मा मिडिया टेक हेलियो जी ९९ प्रोसेसर प्रयोग गरिएको छ ।

भी २५ सिरिजका दुवै स्मार्टफोनमा शक्तिशाली ४५०० एमएएच ब्याट्री रहेको छ जसलाई ४४वाट फ्ल्यासचार्जले समर्थन गर्दछ । यसका साथै स्मुद अनुभवका लागि भी २५ सिरिजमा ८ जीबी र्याम र १२८ जीबी रोम रहेको छ जसमा ८ जीबीको एक्सटेन्डेड र्याम पनि रहेको छ ।

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलका अनुसार, “भिभोले फोटोग्राफी केन्द्रीत ब्रान्डको रूपमा आफूलाई स्थापित गर्दै आएको छ । भी २५ सिरिजले आफ्ना प्रयोगकर्ताहरूलाई अत्याधुनिक क्यामेरा र इमेजिङ प्रविधि प्रदान गर्दछ । दुवै स्मार्टफोनहरू , भी २५ फाइभजी र भी २५ ‘ई’ ले सेग्मेन्टकै उत्कृष्ट विशेषताहरु र चौतर्फी अनुभव प्रदान गर्दछ जसका लागि फ्यानहरूले भी सिरिजलाई व्यापक रूपमा मन पराएका छन् ।

भी २५ शृङ्खलामा हामीले अत्याधिक रुचाइएको कलर चेन्जिङ ग्लास डिजाइन ल्याएका छौं । धेरै प्रशंसा र मायाको साथ, भी २५ सिरिज अब नेपालभर प्रि–बुकिङको लागि खुला गरेका छौं । भिभो फ्यानहरूले यसलाई पनि धेरै मन पराउनेमा आशावादी छौं ।”

नयाँ स्मार्टफोेन खोजिरहेको सबैका लागि, भी २५ फाइभजी दुईवटा कलर भेरियन्ट –अक्वामेरिन ब्लु र डायमण्ड ब्ल्याकमा उपलब्ध हुनेछ र यसको मूल्य ५२ हजार ९ सय ९९ रुपैयाँ तथा भिभो भी २५ ‘ई’ को मूल्य ४२ हजार ९ सय ९९ रुपैयाँ छ र यो दुई कलर भने भेरियन्ट–सनराइज गोल्ड र डायमण्ड ब्ल्याकमा छ ।

भी २५ सिरिजको आइतवार (आज) देखि ७ सेप्टेम्बर बुधवारसम्म प्रि–बुकिङका लागि खुल्ला गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?