महाअभियोग सिफारिस समितिको बैठक भदौ २५ मा बस्ने

लोकपथ
0
Shares

काठमाडौ । प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिको आजको बैठक सकिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग समितिले आज पाँचवटा प्रश्न सोधेको थियो ।

आजको बैठक एक घण्टा बसेको थियो । महाअभियोग सिफारिस समितिमा आज तेस्रो दिन पाँच प्रश्न सोधिएको थियो । निर्वाचनको तयारीका लागि दलका नेताहरू जिल्ला जिल्लामा जानुपर्ने भएकोले बैठक ६ दिन पर सारिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए ।

आजको बैठकमा समिति सदस्यहरूले जबरासँग पूर्वडीआइजी रञ्जन कोइरालाबारे प्रश्न सोधेका थिए । जबराले रञ्जन कोइरालाको मुद्दा फैसलामा प्रायश्चित गरेको बताएका छन् । आफूले यो मुद्दामा विवेक प्रयोग गरेको भन्दै उनले यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने बताए ।

‘त्यसमा गल्ती भयो विवेक प्रयोग गर्दा भने जनता समक्ष क्षमा चाहन्छु, मलाई प्रायश्चित भएको छ,’ बयानमा जबराले भने । महाअभियोग सिफारिस समितिको समितिको अर्काे बैठक आगामी भदौ २५ मा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?