काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आइतवार पनि बयान लिँदैछ ।
यसका लागि आइतवार बिहान ११ बजेदेखि समितिको आन्तरिक बैठक बसेको छ । मध्यान्ह १२ बजेपछि जबरा बैठक आउनेछन् । तर, यसअघि तयारीका लागि समितिको बैठक बसिरहेको छ ।
४३ वटा प्रश्न तयार पारेको समितिले यसअघिका दुईवटा बैठकमा जबरासँग ६ वटा प्रश्न सोधेको छ । यसअघि भदौ १५ र १६ गते समितिले निलम्वित प्रधानन्यायाधीश जबरासँग बयान लिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया