काठमाडौं । सत्ता गठबन्धनमा आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटन नसकेका बेला गठबन्धन दलकै दुई शीर्षस्थ नेताहरुबीच छलफल भएको छ ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल भएको हो । आइतवार बिहान सत्ता गठबन्धनका दुई शीर्ष नेताबीचकाे छलफललाई महत्वका साथ हेरिएको छ ।
बिहीवार बसेको सत्ता गठबन्धनको बैठकमा आन्तरिक छलफल गरेर आजसम्म सिट बाँडफाँट संख्या टुंग्याउने भनिएपनि सहमति हुन सकेको छैन । गठबन्धन दलमा कार्यदल र शीर्ष नेताहरुबीच पटकपटक बैठक बस्दै आएपनि सिट बाँडफाँटको विषय पेचिलो बन्न थालेको छ ।
दलको आआफ्नै अडानका कारण बैठक निष्कर्ष बिहिन हुँदै आएको छ । दुई नेताको छलफलपछि कार्यदल र गठबन्धनको बैठक बस्ने बताइए पनि समय तय भई नसकेको नेताहरुको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया