काठमाडौं–७ बाट प्रतिनिधि सभा सदस्यमा सुशिल भट्टको नाम सिफारिस

लोकपथ
112
Shares

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नं ७ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा सुशिल भट्टलाई सिफारिस गरेको छ ।

नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य रहेका युवा नेता भट्ट सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका हुन् ।

तारकेश्वर नगरपालिकास्थित नेपालटारमा रहेको ग्रामीण आदर्श क्याम्पसबाट राजनीति सुरु गरेका भट्ट प्रखर वक्ताको रुपमा परिचित छन् ।

ग्रामिण आदर्श बहुमुखी क्याम्पसका नेविसंघका पूर्व ईकाई अध्यक्ष भट्ट स्कुले उमेरमै नेविसंघको ‘जहाँ स्कुल, त्यहाँ नेविसंघ’ अभियानको राष्ट्रिय संयोजिक अभियानमा पनि सक्रिय रहँदै आएका छन् ।

सो क्षेत्रबाट भट्टसहित प्रमोदहरी गुरागाइँ, सरोजकुमार थापा, डा.रामशरण थपलिया, विनोद पन्त, प्रमिला सिंह डंगोल, दयाराम पाण्डे, नीलकाजी शाक्य र दक्ष पौेडलको पनि नाम सिफारिस भएको छ ।

भट्टले सामाजिक सञ्जालमा लेख्दै आफूले तल्लो तहका कार्यकर्ता मात्र नभएर आम जनताको सुखदुखमा साथ दिएको कारण आफू सिफारिसमा परेको बताएका छन् ।

साथै आफू सधैँ तल्लो तहमा काम गर्ने कार्यकर्ता रहेको भन्दै तल्लो समितिले सिफारिस गरेकोमा धन्यवाद दिए । ‘म ग्राउण्डमा काम गर्ने मान्छे हुँ । ग्राउण्डबाट मेरोपनि नाम सिफारिस भएको छ । कांग्रेसले हामीजस्ता युवालाई पनि अघि सारेर युवाहरुको मत जोगाउनुपर्छ’, भट्टले भने । उनले उमेरका कारण मात्रै नभए एजेण्डा र क्रियाशीलताले पनि आफू युवा रहेको बताए ।

काठमाडौं क्षेत्र नम्बर ७ मा अघिल्लो संसदीय निर्वाचनमा कांग्रेसले राप्रपालाई सघाएको थियो । यसपटक पाँचदलीय गठबन्धनमा कांग्रेसले सो क्षेत्रको पनि दावी कायम राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?