हेर्नुहोस् आजको टप फिप्टिन समाचार (भिडियोसहित)

लोकपथ
0
Shares

१ . गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको प्रधानमन्त्री शेर बहादुर देउवाको भनाइ, कोरोना महामारीको समयमा खटिएका चिकित्सकलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख ।

२.आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्देशन, वर्तमान गठबन्धनले देशलाई एक वर्षमै कंगाल बनाएको आरोप ।

३. गठबन्धन गर्ने विषयमा कांग्रेसमा अहंकार देखिएको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको जिकिर, आफ्नो पार्टिले समानुपातिकमा २० लाख मत ल्याउँने दाबी ।

४. सरकारले होसियारी अपनाएका कारण नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा नगएको अर्थमन्त्री जनार्दन शर्माको दाबी, पेट्रोलियम पदार्थको मूल्य विश्वव्यापी रुपमा बढ्दा संसारभरका अर्थमन्त्री र गभर्नर दबाबमा रहेको उल्लेख ।

५.निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने महामन्त्री गगन थापाको दाबी, केही दिन भित्र गठबन्धन दलहरुबीच सिट बाँडफाँडको विषयमा टुंगो लाग्ने विश्वास व्यक्त ।

६. माधव नेपाललाई एमालेमा फर्कन नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आह्वान, कांग्रेस गठबन्धन बेगर एमालेसँग आँखा जुधाएर हेर्न नसक्ने अवस्थामा पुगेको दाबी ।

७. २ वर्ष भित्र सबैको घरमा विद्युत जडान गर्ने उर्जा मन्त्री पम्फा भुसालको प्रतिवद्धता, विद्युत खपत बढाउनका लागि सबैलाई पुनः आग्रह ।

८. प्रर्याप्त खाद्यान्न नहुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लामा खाद्यान्न बिक्री बन्द, सिडिओको सिफारिस विना हुम्लामा चामल नपाइने ।

९. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ५ सय ३७ परीक्षणमा थप २०० जनामा कोरोना संक्रमण पुष्टि, ३३९ जना कोरोना संक्रमणमुक्त हुँदा २ जनाको मृत्यु ।

१०. नेपालको अर्थतन्त्र सिमित व्यापारिक घरानाको नियन्त्रणमा भएको नेकपा माओवादीका उपमहासचिव वर्षमान पुनको आरोप, नेपालमा अहिलेको लागि मिश्रित अर्थनीति नै राम्रो हुने प्रस्टोक्ती ।

११. यो साता नेप्से परिसुचक तथा कारोबार रकम दुबैमा ओरालो यात्रा, नेप्से १९ सय ७० दशमलव ६२ अंकमा पुग्दा, ७ अर्ब ५५ करोड बढीको कारोबार ।

१२. रुसबाट जर्मनी जाने ग्यास पाइपलाइन अनिश्चितकालका लागि बन्द, पाइप लाइनबाट ग्यास चुहेकाले मर्मत जारी रहेको रुसद्वारा जानकारी ।

१३. उत्तरी क्यालिफोर्नियामा १,००० एकडभन्दा बढी क्षेत्रफलमा फैलियो डढेलो, डढेलो फैलिएपछि उक्त क्षेत्रका हजारौँ मानिसलाई सुरक्षित क्षेत्रमा जान निर्देशन ।

१४. इंग्लिस प्रिमियर लिग फुटबलमा आज चेल्सी र वेस्ट ह्याम भिड्दै, चेल्सीको घरेलु मैदानमा हुने दुइ टोलीबीचको खेल निकै रोमान्चक हुने अपेक्षा ।

१५. युईएफएद्वारा पीएसजी र युभेन्टससहित युरोपका आठ क्लबलाई जरिवाना, आर्थिक अनुशासन तोडेको आरोप ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?