काठमाडौं । आसन्न निर्वाचनमा मकवानपुरका दुइ वटा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फबाट चुनाव लड्न नेकपा एमालेबाट ८ जनाको नाम सिफारिस गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभा चुनावका लागि प्रतिनिधीसभा तर्फका लागि शनिबार बसेको एमालेको २ वटै क्षेत्रिय कमिटीको बैठकले ८ जनाको नाम सिफारिस गरेको हो ।
एमाले मकवानपुर(१ को क्षेत्रीय समितिको बैठकले मकवानपुर(१ बाट चुनाव लड्न ५ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रिय कमिटीको बैठकले एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य मदन कुमार दाहाल, एमाले मकवानपुरका सदस्यहरु नरहरी महत र रमिला सापकोटालाई उम्मेदवारका लागि सिफारिस गरेको हो ।
यसैगरी मकवानपुर(२ बाट चुनाव लड्न एमाले मकवानपुर-२ को क्षेत्रीय कमिटीको बैठकले सो स्थानमा प्रत्यक्षतर्फ चुनाव लड्न ३ जनाको नाम सिफारिस गरेको छ । सो क्षेत्रमा चुनाव लड्न नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव तथा प्रचार विभागका प्रमुख महेश कुमार बर्तौला, एमाले नेता सुवासचन्द्र ठकुरी र बुद्धरत्न मानन्धरलाई उम्मेदवारमा सिफारिस गरिएको हो ।
यता प्रदेशसभा तर्फको ४ वटा निर्वाचन क्षेत्रमा पनि प्रत्यक्ष तर्फबाट चुनाव लड्न एमालेले २२ उम्मेदवार सिफारिस गरेको छ । मकवानपुर-१ (क) बाट प्रत्यक्ष तर्फ चुनाव लड्न ८ जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेहरुमा नेता अणराज जर्गामगर, राजकुमार तिमल्सिना, दिलबहादुर घिसिङ, कृष्णप्रसाद चौलागाई, कमल विष्ट, नारायण सापकोटा, दिपक न्यौपाने, सीता विष्टको रहेका छन् भने मकवानपुर-१ (ख) बाट चुनाव लड्न एमालेले ८ जनाको नाम सिफारिस गरेको छ । जसमा रघुनाथ खुलाल, श्रीधर पोखरेल, एकलाल श्रेष्ठ, भोजराज ढकाल, सम्राट तुम्बाहाम्फे, धुव्रप्रसाद चौलागाई र आरती पाठकको नाम समावेश गरिएको छ ।
मकवानपुर–२ (क) बाट चुनाव लड्न एमालेले ३ जनाको नाम सिफारिस गरेको छ । जसमा बलराम बल, विष्णु ढकाल र चमेलीमाया वाइवा रहेका छन् । मकवानपुर-२ (ख) बाट चुनाव लड्न ४ जनाको नाम सिफारिस गरेको छ । जसमा लालबहादुर थापा, सुरेन्द्र पाठक, श्यामप्रसाद ढकाल र पम्फा रोक्का रहेका छन ।
एमाले क्षेत्रीय कमिटीले गरेको सिफारिसमा भाद्र १९ गते बस्ने जिल्ला सचिवालय र भाद्र २० गते बस्ने जिल्ला कमिटी बैठकले थप सुझाव सहित केन्द्रीय र प्रदेश कमिटीमार्फत् केन्द्रीय कमिटीमा पठाउने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया