कोरोना अपडेट : दुई सय जनामा संक्रमण पुष्टि हुँदा २ जनाको मृत्यु

लोकपथ
117
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ५ सय ३७ जनामा गरिएको कुल परीक्षणमध्ये आरटी पिसिआर विधिबाट १ सय ८ र एन्टीजेन विधिबाट ९८ जना गरि २ सय जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा नेपालमा कोरोनाबाट दुई जनाले ज्यान गुमाएका छन् । यसका साथै देशभरमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या बाह्र हजार सात पुगेको छ ।

त्यस्तै, मन्त्रालयको तथ्यांकमा २४ घण्टामा देशभरमा २ लाख ९७ हजार १ सय १५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । सो समयमा ३ सय ३९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने यो सँगै देशभरमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ६ सय ४२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?