बैंक अफ काठमाण्डू लिमिटेडको एटीमले अब ‘मास्टरकार्ड’ सर्पोट गर्ने

लोकपथ
130
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको एटीएम तथा (पीओएस)हरुमा मास्टरकार्डबाट कारोबार गर्न सकिने भएको छ । मास्टरकार्डबाट भुक्तानीहरु गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताहरुले अब बैंकको जुनसुकै एटिएम तथा बैंकका (पीओएस) मर्चेन्टहरु मार्फत कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडको एटीएम तथा (पीओएस)हरुमा हाल भिसा र ‘युनियन पे’ को नेटवर्कबाट जारी भएको कार्डहरु मात्र कारोबार गर्न मिलेपनि हाल प्रयोगमा भएका भिसा र युनियन पे सहित मास्टरकार्डको नेटवर्कबाट जारी भएका सम्पूर्ण कार्डहरुको भुक्तानी बैंकको सबै एटीएम तथा (पीओएस)को माध्यमबाट गर्न सकिने छ ।

साथै, बैंक अफ काठमाण्डू लिमिटेडले मास्टरकार्डसँग सहकार्य गरी निकट भविष्यमा नै मास्टरकार्ड जारी गरी आफ्ना ग्राहकहरुलाई मास्टरकार्ड उपलब्ध गराउने छ । मास्टरकार्ड बाहक ग्राहकले बैंक अफ काठमाण्डूले विभिन्न स्थानमा राखेको एटिएम तथा विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरु लगायत अन्य धेरै स्थानहरुमा सेवा तथा सुबिधा पश्चात् आफुसँग भएको मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?