बोर्डले शो दिँदैन, नीति निर्माण गर्छ : भुवन केसी

लोकपथ
260
Shares

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्डले शोज दिने हो भनेर नबुझिदिन आग्रह गरेका छन् ।

शुक्रवार सम्हाल्निछ कहिले मनको प्रिमियर शोज हेरेपछि अध्यक्ष केसीले चलचित्र विकास बोर्डले फिल्मको शो दिने भन्नेकुरा कतिपयले अभिव्यक्त गरिरहेको उल्लेख गर्दै विकास बोर्डले शो दिने नभइ नीति निर्माण मात्रै गर्ने भएको बताए । उनले चलचित्रि विकास बोर्डले चलचित्र व्यवस्थित तरिकाले चलाउन नीति निर्माण गर्ने भन्दै विकास बोर्डकै कारण कुनै फिल्मले शो धेरै पाए र कम पाए भन्ने कुरा नुबुझ्न आग्रह गरे। उनले चलचित्र विकास बोर्डले शोज दिएन भन्ने कुरा नबुझेका मानिसले भनेको उल्लेख गर्दै विकास बोर्ड सबै चलचित्रलाई समान रुपमा समेटेर अघि बढ्न र नबुझेकालाई बुझाउन तयार रहेको बताए ।

उनले कलाकारहरुले नै कतिपय ठाउँमा प्रेमगीत ३ को बारेमा विभिन्न भ्रामक हल्ला फिँजाइरहेको भन्दै आपत्ति जनाए । उनले कलाकारले लेखेका र बोलेका कुराले आम नागरिकमा चासो र चिन्ता पर्ने भएकोले सत्य बोल्न आग्रह गरे। उनले प्रेमगीत ३ ले नेपाली सिनेमाको ढोका खोल्न लागेको भन्दै त्यसको स्वागत गर्न कोही पनि हिच्किचाउन नहुने बताए ।

उनले भने, ‘चलचित्र विकास बोर्डले शोज दिएन भन्ने कुरा नबुझेका मानिसले भनेका हुन् । बोर्डले शोज दिने होइन, चलचित्रलाई व्यवस्थित गर्न नीति निर्माण गर्ने हो । कलाकारहरुले बोल्दा विचार गरेर बोल्नुपर्छ । प्रेमगीत ३ ले नेपाली सिनेमाको ढोका खोल्दैछ भनेपछि हामीले त्यसको स्वागत गर्नुपर्छ ।’

नेपाली फिल्म सम्हालिन्छ कहिले मन शुक्रवारबाट देशभर प्रदर्शनमा आएको हो । फिल्मले शुक्रवार साँझसम्म राम्रो प्रतिक्रिया पाएको निर्देशक र कलाकार टिमहरुले बताएका छन् । दर्शकसँग शो हेरेपछि अभिनेत्री पूजा शर्माले फिल्मलाई दर्शकले मन पाराउनु नै राम्रो भएको प्रतिक्रिया दिइन्। उनले फिल्म राम्रो रहेकोले हलसम्म पुगेर हेरिदिन आग्रह गरिन् । त्यस्तै अभिनेता आकाश श्रेष्ठले समग्र टिमले फिल्म राम्रो दिनको लागि निकै परिश्रम गरेकोले एकपटक हेर्नैपर्ने चलचित्र रहेको बताए ।

त्यस्तै यही फिल्मबाट चलचित्रमा डेब्यू गरेका सोनम तोप्देनले दर्शकहरुले अभिनयको राम्रो प्रतिक्रिया दिइरहेको बताए । उनले फिल्ममा पहिलो पटक अभिनय गरेपनि कुनै कठिनाइ नभएको बताए । त्यस्तै निर्देशक सुदर्शन थापाले दर्शकले दिएको प्रतिक्रियाले धेरै खुशी भएको बताए । उनले फिल्मको राम्रो तारिफ भएकोले फिल्म सबैलाई मन परेको बताए । फिल्मलाई लभ स्टोरीमा पनि फरक ढंगले प्रश्तुत गरेकोमा खुशी प्रकट गर्नुभयो ।

नेपाली फिल्म सम्हालिन्छ कहिले मन शुक्रवारबाट देशभरका सिनेमा घरमा प्रदर्शनीमा आएको छ । सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ भने त्रिकोणात्मक प्रेममा आधारित छ । फिल्ममा अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ र गायनबाट अभिनयमा प्रवेश गरेका सोनम तोप्देनको अभिनय छ । फिल्म अधिकांश यूकेका छायांकन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?