१३ चैत्र २०७९, सोमवार

कुमारी बैंकलाई ‘एक्सीलेन्स इन इ-कर्मश बिजनेश २०२२’ अवार्ड

२०७९,भाद्र,१८,शनिवार १०:५२

90
Shares

काठमाडौं । कुमारी बैंकले “एक्सीलेन्स इन इ–कर्मश बिजनेश २०२२” प्राप्त गर्न सफल भएको छ । यही भदौ १५ गते भिसा इन्टरनेशनल द्धारा लिर्डर कन्क्लेभ पेमेन्ट इनोभेशन फर डिजिटल नेपाल सम्मेलनको आयोजना भएको थियो ।

सो आयोजित लिर्डस कन्क्लेभ सम्मेलनमा भिसा इन्टरनेशनद्धारा कुमारी बैंक लिमिटेड लाई “एक्सीलेन्स इन इ–कर्मश बिजनेश २०२२” अवार्डले सम्मानित गरिएको हो । यो अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम ईकमर्स व्यवसायको मात्रा हासिल गरेकोमा प्रदान गरिएको हो ।

आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

हाल कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता कुमारी बैंर्कले जनाएको छ ।

प्रकाशित मिति: २०७९,भाद्र,१८,शनिवार १०:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक

काठमाडौं ।  लगानीकर्ताहरुको लागि यो साता पनि सेयरबजार नकारात्मक देखिएको छ । नियमित कारोबारको लागि चार कार्य दिन मात्र खुल्ला

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनियम सम्बन्धी एकीकृत परिपत्र–२०७८ मा संशोधन गरेको छ । विदेशी मुद्रा कारोबार गर्ने सम्पुर्ण

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६