सिबिआईएल क्यापिटलद्वारा उच्चतम प्रतिफलका लागि पिएमएफ योजना सुरु

लोकपथ
21
Shares

काठमाडौं । सि.बि.आई.एल क्यापिटल प्रालिले उच्चतम प्रतिफलको लागि लगानी व्यवस्थापन सेवाअन्तर्गत नयाँ योजना सिबिआईएल पोर्टफोलियो अफ म्युचुअल फण्ड (पिएमएफ) सुरु गरेको छ ।

कम्पनीका अनुसार सिबिआईएल पोर्टफोलियो अफ म्युचुअल फण्ड (पिएमएफ) एउटा पृथक एवम् नविनतम् अवधारणमा आधारित योजना हो, यसले ग्राहकहरुलाई भिन्न किसिमको लगानीको अनुभव प्रदान गर्दै कम जोखिममा उच्च प्रतिफल प्रदान गर्ने लक्ष्य लिएको छ ।

यस योजनाका अन्र्तगत न्युनतम लगानी तीन लाख रुपैयाँ वा उक्त रकम बराबरको सेयर लगानी गर्न सकिने छ । न्युनतम अवघि दुई बर्ष तोकिएको योजनाको बार्षिक सेवा शुल्क शुन्य दशमलव ५० प्रतिशत तोकिएको छ ।

योजनाको बिशेषताहरुमा दक्ष तथा योग्य जनशक्तिद्वारा संचालित, अनलाइनमार्फत दैनिक रुपमा लगानी व्यवस्थापनको प्रतिवेदन हेर्न मिल्ने, त्रैमासिक लगानी व्यवस्थापनको प्रतिवेदन र सामुहिक लगानी कोषहरु तथा प्राथमिक निष्काशन (आईपिओ, एफपिओ) लगानी गरिने लगायतका रहेका छन् ।

कम्पनीका अनुसार नीति तथा नियमको अधिनमा रहि सिबिआईएल पोर्टफोलियो अफ म्युचुअल फण्ड (पिएमएफ) लाई लगानीकर्ताहरु समक्ष ल्याएको हो । दक्ष तथा योग्य जनशक्तिद्वारा सामुहिक लगानी कोषहरुको पोर्टफोलियो नियमित निगरानी गरी ग्राहकहरुको जोखिम प्रोफाइल, लगानी रकम र लक्ष्यका आधारमा अनुकूलित पोर्टफोलियो तयार पारि लगानी गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?