४ भाद्र २०७९, शनिवार

दुर्घटनामा एकको मृत्यु

२०७४,आश्विन,३१,मंगलवार ०५:१०

0
Shares

धनकुटा, ३१ असोज ।धनकुटा नगरपालिका–६ पात्लेखोलामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।सोमबार बेलुका सुनसरीबाट धनकुटा आउँदै गरेको को१प ९८४९ नंको मोटरसाइकल धनकुटाबाट मूलघाट जाँदै गरेको को२त ३५२१ नंको ट्र्याक्टरसंग ठोक्किएर दुर्घटनामा परी मोटरसाइकल चालक धनकुटा नगरपालिका–५ का ३१ वर्षीय सञ्जय राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।मोटरसाइकलमा सवार गम्भीर घाइते ३५ वर्षीय प्रदीपकुमार राईको धनकुटामा उपचार सम्भब नभएकाले धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान लगिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुरेन्द्र खड्काले बताए । ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार ०५:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल सरकारसँग वर्तमान समय सान्दर्भिक बौद्धिक सम्पत्ति सम्बन्धी कानुन ल्याउन माग गरेको छ ।

धनगढी । चार दशकदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि नेपाल सरकारले बिहीवार भारतीय कम्पनी एनएचपीसीलाई सर्वेक्षण गर्ने

काठमाडौं । आज २८७ फोहोर बोकेका गाडी बञ्चरेडाँडा पुगेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत काठमाडौंलाई स्वच्छ

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका–१ स्थित यारी खोलामा माछा मार्ने क्रममा पानीमा डुबी एक युवकको ज्यान गएको छ । ताप्लि

ताजा समाचार

पाल्पामा आज भगवती जात्रा मनाइँदै
 २०७९,भाद्र,४,शनिवार ११:३४
करेन्ट लागेर बाबु र छोराको मृत्यु
 २०७९,भाद्र,४,शनिवार ११:३१
बेनीको बजार बढ्यो तर व्यापार खस्कियो
 २०७९,भाद्र,४,शनिवार ११:११