काठमाडौं । आगामी निर्वाचनका लागि गृह जिल्ला डडेलधुराबाट प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ ।
शुक्रबार बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेलधुराको बैठकले एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट देउवाको नाम एकल सिफारिस गरेको हो ।
त्यस्तै बैठकले कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी देउवा पत्नी डा आरजु राणा देउवाको नाम प्रतिनिधि सभामा महिलातर्फबाट समानुपातिकका लागि सर्वसम्मत सिफारिस गरेको छ ।
यसैगरी प्रदेश सभा सभामा पनि कांग्रेसले एकल नाम सिफारिस गरेको छ। प्रदेश सभा (क) मा कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँद र (ख) मा गोबिन्दबहादुर बोहराको एकल नाम सिफारिस भएको छ।
बैठकले आगामी निर्वाचनमा डडेलधुरामा गठबन्धन नगर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया