काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ ।
बोर्डले शुक्रबार अपरान्ह कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार प्रकाशित नतिजामा कुनै पनि विद्यार्थीले ४ जीपीए ल्याएका छैनन् ।
बोर्डले जेठ १६ देखि २५ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरको थियो ।
परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।
बोर्डका अनुसार यसवर्ष नियमिततर्फ ३.६१ देखि ४ जीपीए ४ हजार १७९ जनाले ल्याएका छन् ।
यता ३.२१ देखि ३.० जीपीए ल्याउने ३० हजार १०७ जना, २.८१ देखि ३.२० आउने ६५ हजार २८४ जना, २.४० देखि २.८० आउने ६४ हजार ९३ जना, २.१ देखि २.४० जीपीए आउने १० हजार ९ सय र १.६१ देखि २ जीपए आउने ३५ जना रहेको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार परीक्षामा सम्मिलितमध्ये १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् ।
ग्रेड वृद्धि दिन पाउने (दुई विषयसम्म दिन पाउने) एक लाख ३० हजार ८७८ जनाले दिन पाउने छन् ।
ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चालन हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया