‘नागरिकतासम्बन्धि विधेयक हुबहु पठाउनु राष्ट्रपतिप्रति अपमान हो’

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नागरिकता सम्बन्धि विधेयक जस्ताको त्यस्तै पारित गर्नु राष्ट्रपतिप्रतिको अपमान हुने बताएका छन् ।

शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले राष्ट्रपतिले पुनःविचारका लागि पठाएको नागरिकता सम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित गरी पठाउनु राष्ट्रपति पद प्रतिको अपमान हुने बताएका हुन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सन्देश बेठिक नभएको बताए । उनले सुझावहरु ग्रहण गर्न योग्य रहेको बताए ।

गौतमले यस विधेयकको सम्बन्धमा पुनःविचार गर्नुपर्ने बताए । उनले भने– ‘मैले त यसलाई पास गर्नुपर्छ । फर्काउनुपर्छ । जस्ताको त्यस्तै पठाउनुपर्छ । भन्ने विषयलाई मैले मेरो विचार यो छ भनेर भन्दिनँ । तर म भन्न चाहन्छु कि जस्ताको त्यस्तै पठाउने काम अहिलेको राष्ट्रपतिको अपमान हो । र त्यो राष्ट्रपति पदको अपमान हो । राष्ट्रिय सभाले कम्तिमा ति हरेक बुँदाहरुमा आज तपाई जे गर्दै हुनुहुन्छ त्यही निस्कर्ष निकाल्नुहुन्थ्यो हामी थियौँ नि वहस गर्ने विधेयक सम्बन्धमा । किन बोलाइएन हामीलाई ? ती अत्यन्त ग्रहणिय छन् कतिपय विषयहरु । शिक्षा लिने किसिमका छन् । जस्ताको त्यस्तै पठायौँ भनेर गौरव गर्ने विषय होइन, यसमा ख्याल गर्नुपर्छ । पुनर्विचार गर्नुपर्छ ।’

उनले विधायन व्यवस्थापन समितिले नागरिकता विधेयकलाई जस्ताको त्यस्तै राष्ट्रिय सभामा पठाएकोप्रति असन्तुष्टि जनाए । यस विषयमा समितिमा छलफल नहुनु बौद्धिकतामाथिको हमला भएको टिप्पणी गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?