मिडिया काउन्सिल विधेयक सदनमा पेस, १० लाखसम्म जरिवानाको प्रावधान (पूर्णपाठ)

लोकपथ
35
Shares

काठमाडौं । सरकारले मिडिया काउन्सिल विधेयक संसदमा पेस गरेको छ ।

आचारसंहिताविपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेर कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुर्‍याएको देखिएमा त्यस्ता सञ्चारमाध्यम वा पत्रकार तथा प्रकाशकलाई १० लाख रूपैयाँसम्म जरिबाना गर्ने व्यवस्थासहितको उक्त विधेयक सदनमा पेस गरेको हो ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पेस भएको मिडिया काउन्सिल विधेयकको दफा १८ मा कसैले उजुरी दिएमा जाँचबुझ गर्ने र त्यसबाट मर्यादामा आँच पुगेको देखिएमा मिडिया काउन्सिलले सञ्चामाध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई २५ हजारदेखि १० लाख रूपैयाँसम्म जरिबाना गर्न सक्ने उल्लेख गरिएको छ ।

यसअघि तत्कालिन नेकपा नेतृत्वको सरकारले सोही प्रकृतिको विधेयक ल्याएको थियो । तर उक्त विधेयकले सञ्चार क्षेत्रलाई त्रसित बनाएको भन्दै विरोध भएपछि फिर्ता गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?