१७ चैत्र २०७९, शुक्रवार

लोकसञ्चार मार्ग निर्माण शुरु

२०७४,आश्विन,३१,मंगलवार ०५:०८

0
Shares

त्रिशूली, नुवाकोट, ३१ असोज ।नुवाकोटको जिलिङदेखि धादिङको धार्केसम्म वैकल्पिक सडकका रूपमा दुई लेनको सडक निमाण शुरु भएको छ ।लोकसञ्चार मार्ग नाम दिइएको ४० किमी सडकलाई तीन खण्डमा विभाजन गरेर पहिलो खण्ड जिलिङको बालुवाखानीदेखि केउरिनी हुँदै हुर्रेसम्म १० किमी सडकको काम शुरु भएको डिभिजन सडक कार्यालयका प्रमुख नीरज शाक्यले बताए। दुई लेनको सो सडक खण्डका लागि रु २४ करोड, २८ लाख ८४ हजार ३६१ लाग्ने बताइएको छ ।जिलिङको सिमखेत केउरिनी–कुमरी झ्याङ्लीपोखरी हुँदै धादिङको आचार्य पोखरीबाट धादिङको धार्के बजारमा पृथ्वीराजमार्गमा सो लोकसञ्चार मार्ग जोडिने छ ।स्वच्छन्द/वल्र्डवाइड/अमृत जेभी गरी तीन वटा ठेकेदार कम्पनीले संयुक्तरुपमा निर्माण थालेको पहिलो खण्डको काम २०७८ जेठ मसान्तसम्म सम्पन्न गर्नुपर्ने छ ।लोकसञ्चार मार्ग त्रिभुवन राजपथबाट तराईसँग जोडिने भएकाले पृथ्वीराजमार्गमा समस्या आए पनि नेपालको तराईबाट सिधै रसुवागढीसम्म र रसुवागढीबाट सिधै तराईसम्मको व्यापार तथा आवागमनमा सहज हुने भएकाले सडकलाई वैकल्पिक राजमार्गका रुपमा हेरिएको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार ०५:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८