विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लागौं : शिक्षामन्त्री पौडेल

लोकपथ
0
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताएका छन् ।

शुक्रवार ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री पौडेलले विश्व विद्यालयका समस्या समाधान गरेर तालामुक्त विश्वविद्यालय बनाइ शैक्षिक पठनपाठनको व्यवस्था गर्नुपर्ने बताए ।

उनले शिक्षाको सुधारका लागि विश्वविद्यालय र शैक्षिक संस्थाहरु राम्रो हुनुपर्ने बताए । मन्त्री पौडेलले नेपालमै उच्च शिक्षाको अध्ययनका लागि के गर्नुपर्छ भन्ने बारेमा विज्ञहरुसँग मन्त्रालय छलफल गरीरहेको पनि बताए ।

नेपालमा उच्च शिक्षा लिन नचाहेर विदेश जाने विद्यार्थीहरुको लहर चलेको भन्दै नेपालमै उच्च शिक्षा प्रदानमा कतै त्रुटी भइरहेको बताए । उनले शंकरदेव क्याम्पसलाई अध्ययनका लागि आवश्यक स्थान उपलब्ध गराउने कुरामा मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाए ।

उनले भने, ‘हामीले नेपालमा उच्च शिक्षालाई यो भन्दा माथि पुर्‍याउन के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित रहेन छलफल गरेका छौँ । विदेशमा विद्यार्थी जाने लहर चलेको छ । सरकार शिक्षा मन्त्रालय गम्भीर छ ।’

उनले शिक्षाको सुधारका लागि विश्वविद्यालय राम्रो हुन आवश्यक रहेको औंल्याए । केही समय भित्रमा शंकरदेव क्याम्पस यही अवस्थामा नरहने गरी पूर्वाधारको विकास र शिक्षामा जोड दिने हेतुले प्रक्रिया अघि बढाउने विश्वास व्यक्त गर्न चाहन्छु । उनले भने, ‘विश्व विद्यालयमा ताला नलगाऔँ, मुक्त बनाऔँ र पठनपाठनको व्यवस्था सिर्जना गरौँ । समस्या छन् तर त्यसलाई समाधान गरौँ ।

विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्छ ।’ मन्त्री पौडेलले शैक्षिक संस्थाहरुको पूर्वाधार विकासमा जोड दिन सरकार लागिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?