वीर अस्पताल अगाडि मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

लोकपथ
42
Shares

काठमाडौं । काठमाण्डौं महानगरपालिका–२७ वीर अस्पताल अगाडी मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री घाईते भएकी छन् ।

घाईते हुनेमा रामेछाप घर भई हाल भोटेबहाल बस्ने ७५ वर्षिया राज कुमारी नगरकोटी रहेकी छन् । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।

आज बिहान पौने ७ बजे बा ३० प ९५३७ नम्बरको मोटरसाइकलले नगरकोटीलाई ठक्कर दिएको हो ।

मोटरसाइकल र चालक नियन्त्रणमा रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?