कपाल झर्ने समस्या समाधानका लागि पीआरपी थेरापी (भिडियोसहित)

लोकपथ
325
Shares

प्रा.डा. सबिना भट्टराई

पछिल्लो समय विभिन्न कारणले गर्दा मानिसहरुमा कपाल झर्ने समस्या सामान्य हुँदै गइरहेको छ । आनुवांशिक, कपालको हेलचेक्राइँ, विभिन्न औषधिको प्रयोग, तनाव जस्ता कारणले कपाल झर्न सक्छन् । यो समस्या रोक्नका लागि पीआरपी उपचार विधि सबैभन्दा बढी प्रभावकारी देखिएको छ ।जसमा शल्यक्रिया बिना नै उपचार गरिन्छ । यसका कुनै साइड इफेक्टहरु पनि हुँदैनन् ।

के हो पीआरपी थेरापी ?

पीआरपी भनेको प्लेटलेट्स रिच प्लाज्मा हो । यो जसलाई समस्या परेको हो त्यही व्यक्तीको रगतबाट तयार गरिन्छ । आवश्यकता अनुसार ५ देखि १० एमएल रगतबाट प्लेटलेटहरु निकालिन्छ । जसलाई ल्याबको सेन्ट्रिफ्युजमा राखेर प्लाज्मा छुट्याइन्छ । उक्त प्लाज्मालाई कपाल झरेको ठाउँमा मसिनो सुईबाट इन्जेक्सन गरिन्छ । साथै, ड्रामारोलर अथवा विभिन्न माइक्रोडबमा भिजन प्यानमार्फत प्लाज्मालाई विभिन्न सतहमा पठाइन्छ । जसले कपाल लामो हुनुका साथै कपालको जरा पनि बलियो बनाउँछ ।

पीआरपीका सबल पक्ष

यो कपाल झर्ने समस्या भएकाहरुका लागि बिना शल्यक्रिया गरिने उपचार हो । यसको उपचारका लागि करिव दुई घण्टाको समय लाग्छ । यसको नतिजा सुरक्षित र भरपर्दो हुनुले पनि पछिलले समय यसप्रति धेरै मानिसहरुले चासो देखाउन थालेका छन् । पीआरपी थेरापी गर्दा कुनै औषधिहरु लिनुपर्दैन र उपचारपछि पनि छालामा कुनै पनि दाग देखिँदैन ।

खर्च के कति लाग्छ ?

यसको खर्चका बारेमा विभिन्न क्लिनिक अनुसार फरक फरक छ । सामान्यतया ५ हजारदेखि २० हजारसम्म पर्न सक्छ । प्रविधिको माध्यमबाट प्लाज्मा निकालेर शरीरको कुन कुन सतहमा पुर्याइन्छ त्यसमा निर्भर रहन्छ । साधारणतया इनजेक्सन अथवा ड्रामारोलर गर्दा १० हजारभन्दा कमै पर्छ ।

पीआरपीका फाइदा

पीआरपीले झरी सकेको लाई कपाल पलाउन मद्दत गर्छ ।

कपाललाई बाक्लो बनाउँछ ।

कपालको घनत्व बढाउँछ

कपालको जरालाई बलियो बनाउँछ

अनुहारमा पनि यो थेरापी गर्न सकिन्छ जसले डण्डिफोरका दाग, चायाँ पातो, स्किन टोन हटाउन पनि यसको प्रयोग गर्न सकिन्छ ।

(डा. भट्टराई छाला रोग विशेषज्ञ तथा कस्मेटिक सर्जन हुन्) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?