१८ फाल्गुन २०८०, शुक्रवार

लोकसञ्चार मार्ग निर्माण शुरु

२०७४,आश्विन,३१,मंगलवार ०५:०८

9
Shares

त्रिशूली, नुवाकोट, ३१ असोज । नुवाकोटको जिलिङदेखि धादिङको धार्केसम्म वैकल्पिक सडकका रूपमा दुई लेनको सडक निमाण शुरु भएको छ । लोकसञ्चार मार्ग नाम दिइएको ४० किमी सडकलाई तीन खण्डमा विभाजन गरेर पहिलो खण्ड जिलिङको बालुवाखानीदेखि केउरिनी हुँदै हुर्रेसम्म १० किमी सडकको काम शुरु भएको डिभिजन सडक कार्यालयका प्रमुख नीरज शाक्यले बताए। दुई लेनको सो सडक खण्डका लागि रु २४ करोड, २८ लाख ८४ हजार ३६१ लाग्ने बताइएको छ । जिलिङको सिमखेत केउरिनी–कुमरी झ्याङ्लीपोखरी हुँदै धादिङको आचार्य पोखरीबाट धादिङको धार्के बजारमा पृथ्वीराजमार्गमा सो लोकसञ्चार मार्ग जोडिने छ । स्वच्छन्द/वल्र्डवाइड/अमृत जेभी गरी तीन वटा ठेकेदार कम्पनीले संयुक्तरुपमा निर्माण थालेको पहिलो खण्डको काम २०७८ जेठ मसान्तसम्म सम्पन्न गर्नुपर्ने छ । लोकसञ्चार मार्ग त्रिभुवन राजपथबाट तराईसँग जोडिने भएकाले पृथ्वीराजमार्गमा समस्या आए पनि नेपालको तराईबाट सिधै रसुवागढीसम्म र रसुवागढीबाट सिधै तराईसम्मको व्यापार तथा आवागमनमा सहज हुने भएकाले सडकलाई वैकल्पिक राजमार्गका रुपमा हेरिएको छ ।  

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार ०५:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौंमा ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ गर्ने भएको छ । नगरपालिकाले नेपाल कला

काठमाडौं । चिनियाँ परम्परागत नयाँ वर्ष र वसन्त चाड नेपालमा पनि मनाइरहेको छ । गत बुधबार साँझ काठमाडौंको रत्नपार्कमा चिनियाँ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले तामाङ समुदायले आज मनाउँदै गरेको सोनाम ल्होसार पर्वका अवसरमा शुभकामना दिएका

ताजा समाचार

जनताको शक्ति बुझेमात्रै देश विकास : लामिछाने
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३३
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०
भ्रमण वर्षले चितवनको पर्यटन प्रवर्द्धन टेवा
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:२५
‘फास्ट ट्रयाक २०८३ सम्म तयार हुन्छ’
 २०८०,फाल्गुन,१८,शुक्रवार १५:४०
नेपालले नामिबियालाई हरायो
 २०८०,फाल्गुन,१८,शुक्रवार १५:१३