परिवारमा खटपट त छैन? यी कुरामा ध्यान दिनुस्, खुशी रहनुस्

राम्रो सम्बन्ध र सुखी जीवनको आधार पतिपत्नीको मेलमिलाप पनि हो । बिहे गरेको केही समयपछि अझ पतिपत्नीबीचको सम्बन्ध बिग्रने डर हुन्छ । पतिपत्नीको प्रेमलाई सुमधुर बनाउन एकअर्काका लागि उत्तम समय पनि बिताउन पनि पर्छ । प्रेमले मात्र वैवाहिक जीवन खुशी हुन्छ भन्ने छैन । प्रेमसँगै विभिन्न पक्षलाई पनि मिलाएर लैजानुपर्ने हुन्छ ।

लामो समयको सम्बन्धका लागि केमेष्ट्री जरुरी पर्छ । प्रेमसँगै जब अन्य कुराको पनि मेल हुन्छ, तब सम्बन्ध अझ समुधर हुन्छ ।

सम्बन्धलाई अझ बलियो कसरी बनाउने? आउनुस्, यसबारेमा चर्चा गरौँ:

याद के कुराको राख्नुपर्ने हुन्छ भने जसको स्वभाव जस्तो छ, ऊ त्यस्तै नै रहन्छ । भलै कोही मान्छे सुध्रन सक्ला तर पूरै तरिकाले सुध्रिन असम्भव छ । व्यक्ति जुन वातावरणमा हुर्किन्छ, त्यसले पनि उसको स्वभावमा फरक पारिदिन्छ । त्यसैले सम्बन्ध बलियो बनाउन पनि यस्ता कुरालाई ख्याल गरेर त्यही अनुसारको व्यवहार र समझदारी बढाउनुपर्ने हुन्छ ।

विवाहपछि व्यवहारिक पनि उत्तिकै हुनुपर्छ । एकले अर्काको व्यवहार बुझेर त्यहीअनुसार व्यवहार गर्न सकियो र एकअर्कालाई बुझेर त्यही अनुसारको सम्बन्ध जोगाउन सकियो भने सम्बन्ध सुमधुर बनाउन सकिन्छ । त्यस्तै हर विषयलाई सहजताका साथ लिने प्रयास गर्दा पनि सम्बन्ध गाढा बन्छ ।

विचारमा मतभेद

यो पनि भुल्न हुँदैन कि, भिन्न व्यक्तिले एकसे एक विचार राख्न सकिन्छ । कहीँ न कहीँ, कोही न कोहीसँग उनीहरुको वैचारिक मदभेद रहने गर्छ । तर, यसलाई सामान्य मानेर चल्नुस् । मदभेदबाट न विचलित हुनुछ, न उत्तेजित । किनकि, यसले सधै सम्बन्ध बिगार्न भूमिका निभाउँछ । यदि यस्तो स्थिति आयो भने शान्त भएर आफ्नो साथीलाई सम्झाउनुस् ।

पार्टनर मात्र हैन, समझदार पनि बन्नुस्

यदि तपाईंको साथी समझदार छ भने आफ्नो हर मुस्किललाई आफ्नो साथ दिन्छ । तपाईं पनि त्यस्तै समझदार होस् भन्ने तपाईंको जीवनसाथीले चाहन्छ । तपाईंको जीवनमा आउने हरेक समस्यालाई चुट्कीका भरमा निभाउन प्रतिकूल अवस्थामा पनि समझदार हुन जरुरी छ ।

सम्बन्ध बलियो बनाउनुस्

सम्बन्धको केमेष्ट्री राम्रो बनाउन जरुरी छ । यसका लागि तपाईंले सम्पर्क बढाइरहनुस् । दिन या रात, जुन बेला पनि खुला दिलले कुरा गर्न तयार हुनुस् । कुरा शेयर गर्दा माया बढ्छ भन्ने त नेपालीको कथोक्ति नै छ । यदि दिउँसो व्यस्त हुनुभो भने घरमा आएर साँझ दिनभरिको गतिविधि सुनाइदिनुस् । व्यस्त हुँदा या टाढा हुँदा पनि गरिने विभिन्न फोन कलले सम्बन्ध अझ सुरक्षित बनाइदिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?