सुदूर सरकारले शुक्रवार सार्वजनिक बिदा दिने

लोकपथ
52
Shares

धनगढी । सुदूरपश्चिममा मनाइने गौरा पर्वको अवसरमा शुक्रवार सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकारले आफ्नो वार्षिक क्यालेन्डर भने गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको थिएन ।

बिहीवार बसेको मन्त्री परिषद्को बैठकले गौराका अवसरमा शुक्रवार प्रदेशभर बिदा दिने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?