काठमाडाैं । प्रतिनिधि सभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारहरु संगठित रूपमै मंसिर ४ को चुनावी मैदानमा आउने तयारी गर्दै बिहीवार सुमन सायमीको नेतृत्वमा लौरो अभियान घोषणा भएको छ ।
ललितपुरमा आयोजित एक कार्यक्रमका बीच अभियानको घोषणा गर्दै साझा घोषणा पत्र, चुनाव चिन्ह र साझा उम्मेदवार घोषणा गरिएको हाे ।
लौरो अभियानमार्फत बिहीवार ११ जनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । प्रतिनिधि सभातर्फ ७ जना र प्रदेश सभातर्फ ४ जना गरी जम्मा ११ जनाले उम्मेदवारी घोषणा गरेका हुन् ।
मधुसुदन पाठक ‘सिते बा’ – काठमाडौं–५ र विद्या श्रेष्ठ महर्जनले काठमाडौं–९ बाट उम्मेदवार घोषणा गरेका छन् । राजाराम तण्डुकारले ललितपुर–३, र भिष्म राना रूपन्देही–५ बाट स्वतन्त्र उम्मेदवार हुने बताएका छन् । भक्तपुर–२ बाट लोकेन्द्र र काठमाडौं–२ बाट रोहन कार्कीले उम्मेदवारी दिन लागेका हुन् ।
संयाेजक रहेका सुमन सायमीले भने काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने यसअघि नै बताइ सकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया