ठूला दलहरू निजी कम्पनी जसरी चले : सुमन सायमी

लोकपथ
42
Shares

काठमाडाैं । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र समूहले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन् ।

प्रतिनिधि सभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारहरु संगठित रूपमै मंसिर ४ को चुनावी मैदानमा आउने तयारी गर्दै बिहीवार सुमन सायमीको नेतृत्वमा लौरो अभियान घोषणा भएको हो । ललितपुरमा आयोजित एक कार्यक्रमका बीच अभियानको घोषणा गर्दै साझा घोषणा पत्र, चुनाव चिन्ह र साझा उम्मेदवार घोषणा गरिएको छ ।

घोषणा सभामा बोल्दै लौरो अभियानका संयोजक तथा काठमाडौं क्षेत्र नम्बर ८ बाट आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सुमन सायमीले अहिले भएका दलहरू जनता र राष्ट्र केन्द्रित नभएको बताए ।

सायमीले धेरै पार्टीहरू भएकै कारण देश बिग्रिएको भन्ने मानसिकता रहेको बताए । सायमीले अहिले नेपालमा भएका सबै दलहरू एकै खालका भएको समेत उल्लेख गरे । उनले अहिले नेपालमा भएका ठूला दलहरू निजी कम्पनी जसरी चलिरहेको दाबी गरे । स्वतन्त्र उम्मेदवारी दिनेहरूलाई निर्वाचन आयोगले पनि विभेद गरेको गुनासो पोख्दै सायमीले आफूहरूलाई जिताएमा देशमा परिवर्तन आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?