माओवादी कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा शर्मा

लोकपथ
0
Shares

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा गोपाल शर्मा चयन भएका छन् । उनलाई संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले बिहीवार प्रमुख सचेतकको जिम्मेदवारी दिएका हुन् ।

यसअघि प्रमुख सचेत बनेकी कृष्णा शाह आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि प्रमुख सचेतक पद खाली भएको थियो । शाहभन्दा अगाडि ठम्मर विष्ट प्रमुख सचेतकको भूमिकामा थिए । उनी एमालेमा प्रवेश गरेपछि शाह चयन भएकी थिइन् ।

बिहीवार नियुक्त भएका शर्मा यसअघि सरकारको आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?