एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटी सदस्य शाही एमाले फर्किए

लोकपथ
117
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का कर्णाली प्रदेश कमिटीका सदस्य गणेशबहादुर शाही एमाले प्रवेश गरेका छन् । अध्यक्ष केपी ओलीले डोल्पाका स्थानीय नेता शाहीलाई बिहीवार खादा लगाई पार्टी प्रवेश गराए ।

शाही पार्टी प्रवेशका लागि अध्यक्षको निवास बालकोट गएका थिए । उनीसँगै जीवनबहादुर शाहीलगायत पनि एमालेमा प्रवेश गरेका छन् । बुधवार ओलीले कञ्चनपुर पुगेर एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश अध्यक्ष करवीर चौधरी, तारा लामालगायतलाई एमाले प्रवेश गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?