काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर ३ हजार ५ सय ५७ जनाको परीक्षण गर्दा १८० जनाको पीसीआर र ८९ जनामा एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८२ हजार ३ सय ६६ रहेको छ ।
त्यसो त पछिल्लो २४ घण्टामा थप १ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १२ हजार २ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा ३ हजार १ सय ५८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया