रौतहट–२ बाट चुनाव लड्न अफ्ताव आलमको नाम सिफारिस

लोकपथ
351
Shares

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताव आलम पनि संसद निर्वाचन लड्ने तयारीमा रहेका छन् ।

निर्वाचनका बेला आफूलाई असहयोग गर्नेहरुलाई ज्यूँदै आगोमा हालेर मारेको अभियोगमा जेलमा रहेका आलम रौतहट–२ बाट प्रतिनिधि सभा सदस्य बन्न सिफारिसमा परेका हुन् ।

नेपाली कांग्रेस रौतहट–२ कमिटीले सर्वसम्मत रुपमा आलमलाई सिफारिस गरेको हो । केन्द्रको निर्देशन अनुसार क्षेत्रीय समितिले महिलाबाट अञ्जु झाको नाम समेत सिफारिसमा परेको छ ।

आलमले २०६४ सालको संविधान सभा निर्वाचनका मानिसहरुलाई ज्यूँदै इटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?